
साताको कारोबारको अन्तिम दिन (बिहीवार) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
यस दिन कारोबार रकम ६ अर्ब ७० करोड रुपैयाँमा सिमित भएको छ ।
बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.१२ अंकले बढ्दै २८४३.०० विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ६.३३ अंकले बढ्दै ५२८.७१ विन्दुमा पुगेको छ ।
बिहीवार कारोबारमा आएका कुल २ सय २४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
यस दिन निर्जीवन जीवन बीमा बाहेक अन्य सबै समूहहरूको सूचक सकारात्मक भएको छ । जसमध्ये सबैभन्दा धेरै होटल तथा पर्यटनको सबैभन्दा धेरै ३.९४ प्रतिशत, विकास बैंकको ३.६३ प्रतिशत, फाइनान्सतर्फ २.९४ प्रतिशत वृद्धि भएको छ ।
निर्जीवन बीमातर्फ भने ०.०४ प्रतिशतको गिरावट आएको छ ।
बिहीवार ४ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
जसमध्ये ओरियन्टल होटल्स लिमिटेडको शेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि हुँदै ६ सय ७३ रुपैयाँ पुगेको छ ।
यस्तै गुडविल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.३३ प्रतिशतले वृद्धि हुँदै ६ सय २१ रुपैयाँ पुगेको छ ।
यस्तै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ९.३२ प्रतिशतले वृद्धि हुँदै ३४० रुपैयाँ पुगेको छ ।
यस्तै सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य ९.१४ प्रतिशतले वृद्धि हुँदै ३७१ रुपैयाँ पुगेको छ ।