०३ असार २०८३, बुधबार

कांग्रेस पदाधिकारी बैठक भोलि बस्ने

असार १७, २०७८
कांग्रेस पदाधिकारी बैठक भोलि बस्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि शुक्रवार बस्ने भएको छ ।

आवश्यक तयारी नपुगेको जनाउँदै बिहीवार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । 

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ ।

कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले शुक्रवार अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुंगो लगाउने जानकारी दिए ।

बैठकका बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीलाई बोलाइएको छ । 

छानबिन समितिका अनुसार पार्टीमा हालसम्म ८ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएकोे छ । कांग्रेसमा १४ औं महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ ।

पार्टीले क्रियाशील सदस्यता छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्