३२ असार २०८३, बिहीबार
एमालेको बहुप्रतीक्षित बैठक

बालुवाटारमा एमाले बैठक : वामदेव सहभागी, नेपाल पक्ष अनुपस्थित

बालुवाटारमा एमाले बैठक : वामदेव सहभागी, नेपाल पक्ष अनुपस्थित
फाइल फोटो

नेकपा एमाले केन्द्रीय कमिटीको १३ औं बैठक काठमाडौंमा शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान बैठक शुरू भएको हो । एमालेलाई जेठ २ पूर्वको अवस्थामा फर्काएको भनिए पनि आजको बैठक केन्द्रीय कमिटीको १३ औं भनिएको छ । 

२०७७ फागुन २३ पछि बसेका बैठकलाई समेत गणना गरेर यो बैठक राखिएको छ । एमालेभित्र एकता अभियान सञ्चालन गर्दै आएका उपाध्यक्ष वामदेव गौतम शुक्रवारको बैठकमा सहभागी भएका छन् ।

माधव नेपाल पक्ष भने शुक्रवारको बैठकमा सहभागी छैन । बिहीवार स्थायी कमिटी सदस्यहरूको बैठक बसेर नेपाल पक्षले शुक्रवारको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । 

एमाले पार्टी कार्यालयका सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले स्थायी कमिटी बैठकले तय गरेका एजेण्डामा छलफल हुने जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्