२१ जेठ २०८३, बिहीबार

त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध

त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध
फाइल तस्वीर

गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौँडाबाट जाने र भैंसे हुँदै हेटौँडा आउने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। उनका अनुसार उक्त बाढीले बगाएको गिट्टी, बालुवा, ठूला–ठूला ढुङ्गा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
 
    त्यस्तै भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने सडक पनि बिहीबारदेखि नै अवरुद्ध  छ । भीमफेदी–६ गढीमा ठूलो पहिरो गएको र अझै पानी नरोकिएका कारण  हटाउन समस्या भएकाले उक्त सडकखण्डमा पनि यातायत अवरुद्ध भएको उनले बताए  । कान्ति लोकपथअन्तर्गत पर्ने  भीफेदी–८ गँगटेमा पनि पहिरो जाँदा बिहीबारदेखि नै यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्