०१ साउन २०८३, शुक्रबार
एमाले केन्द्रीय कमिटी बैठक

माधव नेपालप्रति ओलीको आक्रोश– राष्ट्रपतिको पुत्ला जलाउनेलाई हामीले पर्खिनुपर्ने बैठक स्थगित गरेर ?

माधव नेपालप्रति ओलीको आक्रोश– राष्ट्रपतिको पुत्ला जलाउनेलाई हामीले पर्खिनुपर्ने बैठक स्थगित गरेर ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले वार्ताको नाममा दुईजना नेतालाई पठाएर अल्मल्याउने काम गरिरहेको आरोप लगाएका छन् । उनले एमालेको आन्दोलनलाई सिध्याउन उनीहरू लागिपरेको आरोप लगाए । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पक्षले जादू वार्ताको नाममा टुनामुना जस्तो गरिरहेको आरोप लगाएका हुन् । नेता नेपालले शुक्रवारको बैठक स्थगित गरेर सहमतिमा बैठक राख्न आग्रह गरेका थिए । 

‘यी राजनीतिक पार्टी होइनन् राष्ट्रपतिको पुत्ला जलाएर हिँड्ने ? पुत्ला जलाउनेलाई हामीले पर्खिनुपर्ने बैठक स्थगित गरेर ? उनीहरूले पुत्ला जलाइन्जेलसम्म हामी बैठक पनि नगरेर पर्खिने ?,’ ओलीले बैठकमा भने, ‘दुईजना मान्छे हामीसँग वार्ता गर्न भनेर लगाइदिने, उता सडकमा पुत्ला जलाउने । दुई जना मान्छे खटाइदिने हामीलाई अल्मल्याउन भनेर । हामीसँग यसो जादू टुनामुना गरेजस्तो गर्ने, अनि देशभरि मोर्चा मच्चिने हाम्राविरुद्ध ।’

ओलीले कांग्रेस नेतृत्वमा रहेको विपक्षी मोर्चाले राष्ट्रपति पदको मान मर्यादा राख्न नसकेको भन्दै आलोचना गरे । 

salt training

कमेन्ट गर्नुहोस्