३० जेठ २०८३, शनिबार

बेपत्ता भएको २३ दिनपछि शव फेला

असार १९, २०७८
बेपत्ता भएको २३ दिनपछि शव फेला
प्रतिकात्मक तस्वीर

गत जेठ २८ गते घरबाट एकाएक बेपत्ता भएका डोटीको शिखर नगरपालिका–४ गरुडी बस्ने २७ वर्षीय टीकाराम भट्टको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार घरबाटै हराएका भट्टको शव २३ दिनपछि शनिवार शिखर नरपालिका–६ मा रहेको खनकट्टे सामुदायिक वनको भुरीइजरमा भेटिएको हो ।

भट्टको शव सडेको अवस्थामा गोरु गोठालाले भेटेका थिए । घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी घटना स्थलमा पुगी आवश्यक मुचुल्का तयार पारिरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनका अनुसार घटनाका विषयमा प्रहरीले थप अनुसन्धान शुरू गरेको छ ।

भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनका आधारमा आफन्तले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्