२९ असार २०८३, सोमबार

एमाले महाधिवेशन आयोजक कमिटीले गरेका निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन

एमाले महाधिवेशन आयोजक कमिटीले गरेका निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन

नेकपा एमाले दशौं महाधिवेश आयोजक कमिटीले गरेका निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।

शनिवार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीले गरेका निर्णय पार्टीको निर्णय भएको बताएका हुन् । 

‘महाधिवेशन आयोजक कमिटीका निर्णय केन्द्रीय कमिटी बैठकले गरेका निर्णयसरह मानिने छ’ ओलीले भने ।

यसअघि गत चैत्र ७ गते गठन भएको महाधिवेशन आयोजक कमिटी असार १६ गते भंग भएको थियो । आयोजक कमिटीले गरेको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि त्यो कमिटी भंग गरिएको थियो । 

आयोजक कमिटीले गरेका राजनीतिक निर्णय भने केन्द्रीय कमिटी बैठकबाट अनुमोदन भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्