डेट एक्सपाएर डेविड कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकालेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका-५ भत्केको पुलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएका ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।
सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिम मेसिनबाट एक्सपाएर भएको डेविड कार्ड प्रयोग गरी पैसा निकालेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट २१ लाख रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।