
काठमाडौं, २४ जेठ — प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुर्सी साटासाट गरेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष प्रधानमन्त्रीको रुपमा शपथग्रहण गरेपछि देउवा र प्रचण्डले कुर्सी साटेका हुन् ।
शपथग्रहण पहिले पाँच जना भिआइपीको कुर्सी मध्ये प्रधानमन्त्रीको कुर्सीमा प्रचण्ड नै बसेका थिए । देउवाले शपथ लिने वित्तिकै प्रचण्डलाई पहिले आफू बसेको कुर्सी तर्फ देखाउँदै तपाईं ‘उता’ जानुस् भनेर पठाएका थिए ।
त्यसपछि देउवा प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् भने प्रचण्ड चाहिँ देउवा पहिले बसेको कुर्सीमा बसेका छन् ।