कात्तिक २८, २०८०
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
धर्मका १० लक्षण हुन्छन्, जसमा धृति, क्षमा, शम, अस्तेय, शौच, इन्द्रियनिग्रह, विद्या, बुद्धि, सत्य र अक्रोध पर्छन् । यी सामान्य धर्म हुन् ।
सामान्य धर्म सार्वभौम हुन्छन् । हर समय संसारका हर मानिसमा हुन्छ, हुनुपर्छ । विशेष धर्म भने व्यक्तिपिच्छे फरक हुन्छ, जुन देश, काल र अवस्थामा भर पर्छ ।
धर्मको अर्थ धारण गर्नु हो । जस्तो व्यवहारले जीवन र जगत धारण गर्छ र जुन कामले तीप्रति इमान्दार हुन सकिन्छ, त्यही नै धर्म हो । यसलाई तपाईं स्वकर्म भन्न पनि सक्नुहुन्छ, स्वधर्म भन्न पनि सक्नुहुन्छ । यीमध्ये यहाँ धृतिबारे केही प्रकाश पार्ने प्रयास गरिएको छ ।
धृतिका धेरै अर्थ छन् । तिनमा एक धारण गर्नु हो । आफूलाई धारण गर्न त्यसका लागि चाहिने चिजको पनि धारण गर्नुपर्ने हुन्छ । यसमा आफ्नालाई धारण गर्नुुपर्ने क्रम समेत स्वतः जोडिएको हुन्छ । आफ्नामा घरपरिवार, इष्टमित्र तथा नातागोता मात्र पर्दैनन् । आफूलाई जन्मदेखि मृत्युपर्यन्त सहयोग पुर्याउने सबै पर्छन् । धारण गर्नु भन्नाले ती सबैलाई धारण गर्नु, तीप्रति इमान्दार हुनु भन्ने बुझाउँछ ।
धारण गर्नका लागि पहिले आफैंलाई हेर्नुपर्ने हुन्छ । आफू भनेको को हो ? हात, गोडा, आँखा, नाक, मुख, कान, पेट, टाउको वा अन्य अंग मात्र हो कि ? कुनै अमूर्त तत्व पनि छन् ? पहिले यसैलाई मनन गर्ने बानी बसाउनुपर्छ ।
बिस्तारै तपाईं शारीरिक अंग लगायत तिनलाई धारण गर्ने अमूर्त शक्ति समेत आफैं रहेछ भन्ने निष्कर्षमा पुग्नुहुन्छ ।
वस्तुतः तपाईं एक्लो हुनुहुन्न । धेरै चिजको समायोजन भएको छ तपाईंमा । तपाईंका शरीर आफैं अनन्त परमाणु मिलेर बनेको छ । तपाईंको शरीरलाई बचाउने काम पनि तिनैले गरेका छन् । बाँच्न हावा, चाहिन्छ, पानी, चाहिन्छ, माटो, अन्न, पशुपक्षी, वनजंगल, छरछिमेक के–के हो के–के । उनीहरूले नै मिलेर बनाउने र बचाउने काम गरेका छन् ।
हामी जुन आत्माका कुरा गर्छाैं, त्यसको अवस्था पनि त्यस्तै हो । यो पनि अनन्त जीवाणु मिलेर बनेको छ । न शारीरिक रूपमा एक्लो हुनुहुन्छ, न मानसिक रूपमा एक्लो हुनुहुन्छ, न आत्मिकरूपमै एक्लो हुनुहुन्छ । सिंगो संसार हो तपाईं, सिंगो संसार तपाईंभित्रै छ ।
तथापि स्थूल आँखाले देख्न सक्नुभएको छैन । त्यसैले तपाईंलाई उकुसमुकुस बनाएको छ । एक्लो महसूस गरिरहनुभएको छ, आफूलाई खाली पाउनुभएको छ । त्यसैले तपाईंलाई छटपटी गराएको छ । दौडादौडी गराएको छ । यहाँ पाइन्छ कि भन्नुभएको छ, त्यहाँ पाइन्छ कि भन्नुभएको छ, कुद्नुभएको छ, दौडिनुभएको छ । तैपनि कतै देख्नुभएको छैन, आफ्ना सहयोगी, सँगातीलाई ।
तपाईं एक्लै बस्न पनि सक्नुहुन्न । धेरैसँग मिलेर बस्न पनि तपाईंको सनातन संस्कृतिले दिएको छैन, स्वाभावले दिएको छैन । होऽऽ गडबढी यहीँ छ, यहीँबाट शुरू भएको छ । यही हो तपाईंको उकुसमुकुस, यही हो तपाईंको समस्या । त्यसैले आउनुस् यहाँ त्यस्तो सूत्रसँग खेलौं, जहाँ तपाईंलाई खालीपनको महसूस हुन दिने छैन ।
तपाईंलाई लागेको हुनुपर्छ सूत्र निकै गाह्रो होला, खेल्नै नसकिने पो हो कि ? तर नआत्तिनुस् त्यस्तो केही छैन । सधैं गर्दै आउनुभएजस्तै काम हो । नियम पनि सधैं अपनाउँदै आउनुभएजस्तै हो । मात्र त्यसमा केही परिवर्तन गर्ने हो, अघि–पछि सार्ने हो, बीचकोलाई अगाडि र अगाडिकोलाई बीचमा वा पछाडि लानेसम्म हो । यो भनेको सकेसम्म आफूलाई अरुमा खोज्ने, नसके अरुमा आफूलाई हेर्ने काइदा हो ।
मानिलिनुस् तपाईं खाना खाँदै हुनुहुन्छ । सर्वप्रथम खानालाई धन्यवाद दिनुस्, अनि खाना बनाउने प्रकृति र खाना तयार पार्ने भान्छेलाई धन्यवाद दिनुस् । सबैलाई सम्मानपूर्वक नमन गर्दैै तपाईंको कारण तृप्त हुन पाएँ भन्नुस् । हुनसक्छ तपाईं भान्छे हुनुहुन्छ । भान्छा घरमा हुनुहुन्छ । खाना पकाउने आगो, पानी तथा भाडा बर्तनलाई धन्यवाद दिनुस् । अनि त्यो खाने चिज तयार पार्ने परमात्मालाई धन्यवाद दिनुस् ।
तपाईंका कारण आज यतिधेरै मानिसलाई तृप्त पार्ने अवसर पाए भन्दै परमात्मा र खाना खाने मानिसलाई नमन गर्ने बानी बसाउनुहोस् ।
हुनसक्छ तपाईं व्यापारी हुनुहुन्छ, त्यस्तै गर्नुस् । सर्वप्रथम ग्राहकलाई सम्मान गर्दै मेरो साक्षात् ईश्वर भनेका तपाईं नै हो, तपाईंकै कारणले मेरो जीवन चलेको छ भन्नुस्, धन्यवाद दिनुस्, नमन गर्नुस् । हुनसक्छ तपाईं उद्योगपति हुनुहुन्छ । उद्योग, कलकारखाना तथा तिनलाई चलाउने मजदुर, कर्मचारी, कच्चापदार्थ जे–जतिसँग खेल्नुहुन्छ, त्यतिखेरका लागि तपाईंका भगवान् भनेका तिनै हुन् । तिनैलाई सम्मान गर्नुस् र यस्तो अवसर दिएकोमा परमात्मालाई धन्यवाद दिने गर्नुस् ।
कृषक हुनुहुन्छ भने तपाईंका भगवान् भनेका तिनै कृषि उत्पादन र उत्पादनमा सहयोग गर्ने हावा, पानी, माटो, सूर्य किरण, मल, बिऊबिजन र कृषि औजारहरू नै हुन् । उनीहरूलाई नै नमन गर्दै उनीहरूप्रति इमान्दार हुने प्रण गर्नुस् ।
अथवा हुनसक्छ, तपाईं विद्यार्थी हुनुहोला । त्यतिखेर तपाईंका भगवान् भनेका पढाउने गुरुहरू, पढ्ने विद्यालय र पाठ्यपुस्तक नै हुन् । उनीहरूको सम्मान र जतन गर्ने बानी बसाउनुहोस् । शिक्षक हुनुहुन्छ भने विद्यार्थी, विद्यालय, विद्यालय व्यवस्थापन नै तपाईंका भगवान् हुन् । कर्मचारी हुनुहुन्छ भने सेवाप्रदायक संस्था र सेवाग्राहीहरू नै तपाईंका अगाडि भगवान् बनेर आएका हुन्छन् । उनीहरूकै कारणले सो स्थानमा बसेर सेवा गर्ने अवसर पाउनुभएको हो । त्यसैलै उनीहरूलाई नै विनम्रतापूर्वक धन्यवाद दिने गर्नुहोस् ।
राजनीतिज्ञका लागि जनता नै भगवान् हुन्छन् । समाजसेवीका निम्ति समाज नै भगवान् बनेर आएका हुन्छन् । जहाँ हुनुहुन्छ त्यहीँ बसेर उनीहरूलाई नमन गर्दै धन्यवाद दिने गर्नुहोस् ।
दिनभरको काम सकेर साँझ घर फर्कनुभएको छ । सुत्ने बेला दिनभरको कामको समीक्षा गर्नुस् । कति राम्रा काम भए, कति नराम्रा काम भए छुट्याउनुहोस् । राम्रा कामका निम्ति भगवानलाई धन्यवाद दिनुस् । नराम्रा कामका निम्ति क्षमा माग्दै आइन्दा त्यस्तो हुन नदिने अठोट गर्नुस् । बिहान उठ्ने बित्तिकै आज दिनभर सकेसम्म एउटा पनि नराम्रो काम गर्ने छैन भन्ने अठोट गर्दै ओछ्यान छाड्नुहोस् ।
दिनभर जो जसलार्ई भेट्नुहुन्छ, सबैलाई भगवान्का प्रतिनिधि ठानेर सम्मान गर्ने बानी बसाउनुहोस् । व्यक्ति जो पनि हुनसक्छ । खाना खुवाउने श्रीमती, चिया ल्याउने सहयोगी, अफिसका हाकिम, मजदुर, कर्मचारी, कुकुरको छाउरो, बिरालोको न्याउरो, कुखुराको चल्ला, बाख्राका पाठा जे पनि हुन सक्छन्, सबैलाई भगवान् ठानेर नमस्कार गर्ने बानी बसाउनुहोस् । अरु कसैले देख्छन् कि भन्ने चिन्ता छ भने पनि केही छैन । नमस्कार हातले नै गर्नुपर्छ भन्ने छैन, मनमनै गरे पनि हुन्छ । हातले मिल्ने स्थानमा हातले गर्नुस् । नमिल्ने स्थानमा मनले गर्नुस् ।
नियमित अभ्यासबाट एकदिन यस्तो अवस्था आउँछ, तपाईंको मन, वचन, कर्मद्वारा कहिल्यै अरुको अहित हुने छैन । सकेसम्म हित नै हुन्छ, नभए पनि अहित चाहिँ हुँदैन । शरीरले हित गर्न नसके पनि मनले भने हित नै गरिरहेको हुन्छ । यही नै धृति हो, यही नै धारण हो, धारण गर्नुको अर्थ हो ।
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...