१० साउन २०८३, आइतबार

सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओलीको निरीक्षण भ्रमण [फोटोफिचर ]

सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओलीको निरीक्षण भ्रमण [फोटोफिचर ]

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सिन्धुपाल्चोकस्थित बाढीग्रस्त क्षेत्र मेलम्ची क्षेत्रको अवलोकन गरेका छन् । 

अवलोकनपछि उनले पश्चात स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गरे । 

सो क्रममा उनले विपतबाट जनधनको दीर्घकालीन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकीकृत वस्ती निर्माण गरिनुपर्ने बताए । 

साथै प्रधानमन्त्री ओलीले राहत रकमका साथमा ३६६ घरका लागि १५ बण्डल जस्तापाता वितरण घोषणा गरे । त्यो जस्तापाताले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्नका लागि अनुकूलता प्रदान गर्ने  र त्योसँगै ५० हजार रूपैयाँ पनि तत्काल उपलब्ध गराइने उनले बताए । 

प्रधानमन्त्री ओलीले मेलम्ची नगरपालिकासँगै हेलम्बु गाउँपालिका, पाँचपोखरी थाँगपाल गाउँपालिका र जुगल गाउँपालिकामा भएको क्षति, राहत तथा पुनस्र्थापना कार्यको विस्तृत जानकारीसमेत लिएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्