०२ असार २०८३, मंगलबार

नयाँगाउँमा पाँच हजार सुन्तलाका बिरुवा लगाइने

असार २६, २०७८
नयाँगाउँमा पाँच हजार सुन्तलाका बिरुवा लगाइने

गुल्मीको धुर्कोट गाउँपालिका –१ नयाँगाउँमा पाँच हजार सुन्तलाका बिरुवा लगाइने भएको छ ।

स्थानीय सूर्योदय कृषि तथा पशु बहुउदेश्यीय सहकारी संस्था लिमिटेड र प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजना कार्यान्वयन एकाइको संयुक्त लगानीमा उक्त बिरुवा लगाउन थालिएको हो । 

 धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले शुक्रबार सुन्तलाको बिरुवा लगाउँदै उक्त कार्यको शुरुआत गरे ।

त्यसपछि शुक्रबार नै सात सय सुन्तलाका बिरुवा लगाइएको सहकारीका अध्यक्ष चेतमान कुँवरले जानकारी दिए। बाँकी चार हजार तीन सय बिरुवा एक हप्ताभित्र लगाइने बताइएको छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्