१८ असार २०८३, बिहीबार

तेस्रो लहरको सामना गर्न पूर्वतयारीमा जुट्न निर्देशन

तेस्रो लहरको सामना गर्न पूर्वतयारीमा जुट्न निर्देशन

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गरेका छन् । सो क्रममा उनले अब आउन सक्ने तेस्रो लहर विरुद्ध गम्भीरता पूर्वक पूर्वतयारीमा जुट्न निर्देशन दिए ।

 सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो ।
  अस्पतालले हाल अस्पतालले सय बेडको आइसियु सञ्चालन गरिरहेको छ । बाकी सय वेड आइसियु सहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्