२० असार २०८३, शनिबार

दोस्रो टी२० मा पनि वेस्ट इन्डिजले हरायो अस्ट्रेलियालाई

असार २७, २०७८
दोस्रो टी२० मा पनि वेस्ट इन्डिजले हरायो अस्ट्रेलियालाई

वेस्ट इन्डिजको भ्रमणमा रहेको अस्ट्रेलियाले दोस्रो टी२० मा पनि पराजय बेहोरेको छ । 

नेपाली समयअनुसार आइतवार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिज ५६ रनले विजयी भएको हो । 

टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा १९६ रन बनाएको थियो । शिमरोन हेटम्यरले ३६ बलमा ६१ रनको विस्फोटक ब्याटिङ गरेका थिए । ड्वेन ब्राभोले ४७ रन बनाए ।

जवाफमा अस्ट्रेलियाले पूरा २० ओभर खेल्न सकेन र १४० रनमा अलआउट भयो । मिचेल मार्शको ५४ रनको योगदान बाहेक अन्य ब्याट्स्म्यान खासै चलेनन् । खातै नखोली म्याथ्यु वेड आउट भएपछि कुनै पनि बेलामा अस्ट्रेलिया सम्हालिन सकेन । 

वेस्ट इन्डिजका लागि हेडन वाल्शले तीन विकेट हात पारे भने शेल्डन कोट्रेलको खातामा दुई विकेट गयो । 

पहिलो टी२० मा वेस्ट इन्डिज १८ रनले विजयी भएको थियो । 

कुल पाँच टी२० मध्ये पहिलो दुईमा विजयी भएर वेस्ट इन्डिजले शृंखला जित्ने लक्षण देखाएको छ । तेस्रो एकदिवसीय नेपाली समयअनुसार मंगलवार बिहान खेलिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्