२९ असार २०८३, सोमबार

माधव नेपालसँग परामर्श गरेर फर्किए घनश्याम भुसाल, कार्यदल बैठक ८ घण्टादेखि जारी

माधव नेपालसँग परामर्श गरेर फर्किए घनश्याम भुसाल, कार्यदल बैठक ८ घण्टादेखि जारी

एमाले वरिष्ठ नेता माधव नेपालसँग परामर्श गरेर एमाले उपमहासचिव एवं कार्यदल सदस्य घनश्याम भुसाल सिंहदरबार फर्केका छन् । 

पार्टी विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक चलिरहेको समयमा भुसाल बैठकबाट बाहिरिएर नेता नेपाललाई भेट्न गएका थिए । 

नेता नेपालसँग परामर्श गरेर भुसाल साढे ५ बजे अर्थ मन्त्रालयमा फर्केका हुन् । 

मन्त्रालयमा बिहान सवा ९ बजेदेखि एमाले विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ । 

एमाले कार्यदलको बैठक चलिरहेका कारण ४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटीको बैठक शुरू हुन सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्