
इङ्ल्याण्ड र इटालीबीचको युरोकपको फाइनल खेल रोमाञ्चक बनेको छ । निर्धारित ९० मिनेटको खेलमा इटली र इङल्यान्डले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ ।
लण्डनस्थित वेम्बली रंगशालामा दोस्रो मिनेटमै इङ्ल्याण्डले अग्रता बनाएपनि इटाली ६७ मिनेटमा खेलमा फर्किएको थियो । त्यसपछि दुबै टाबीलोट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।