२८ असार २०८३, आइतबार
बालुवाटारबाट बिदा हुँदै ओली

देशवासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने प्रधानमन्त्री ओलीको तयारी

देशवासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने प्रधानमन्त्री ओलीको तयारी
फाइल फोटो

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलवार नै प्रधानमन्त्री नियुक्त गर्न सोमवार आदेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्ने भएका छन् ।

देशवासीको नाममा सम्बोधन गरेर ओली बालुवाटारबाट बाहिरिन लागेको स्रोतले बतायो ।

दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन तय भएको छ । 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले १ बजे स्थायी कमिटीको बैठक बोलाएका छन् । 

२०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि ओली बालुवाटार बसाइँ सरेका थिए । 

राष्ट्रपति विद्या भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर मंगलवार साँझ शपथ गराउने तयारी गरेकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्