०७ साउन २०८३, बिहीबार

देउवाको शपथ साँझ ६ बजे

देउवाको शपथ साँझ ६ बजे

सर्वोच्चको परमादेशबमोजिम राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएर शेरबहादुर देउवाले साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेपछि देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको विज्ञप्ति सार्वजनिक गर्ने राष्ट्रपति कार्यालयको तयारी छ ।

'प्रधानमन्त्री ओलीको सम्बोधनपछि विज्ञप्ति सार्वजनिक हुन्छ,' राष्ट्रपति कार्यालय स्रोतले लोकान्तरसँग भन्यो ।

यदि अहिले नै नियुक्ति हुने हो भने ओलीले प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्न मिल्दैन ।

सोही कारण ओलीको सम्बोधन सकिएपछि विज्ञप्ति सार्वजनिक गर्ने राष्ट्रपति कार्यालयको तयारी छ ।

कांग्रेस सभापति देउवा यसअघि चारपटक प्रधानमन्त्री बनेका थिए । 

२०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा २०५९, ०६१ र २०७४ सालमा प्रधानमन्त्री बनेका थिए । 

देउवाको नेतृत्वमा २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्