३० जेठ २०८३, शनिबार

सर्वाेच्चको फैसलाको भाषाले चिन्तित तुल्याएको छ : केपी ओली

सर्वाेच्चको फैसलाको भाषाले चिन्तित तुल्याएको छ : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्दै सर्वाेच्च अदालतले गरेको फैसलाको भाषाले चिन्तित तुल्याएको बताएका छन् ।

मंगलवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वाेच्चको फैसलाका असर लामो समयसम्म रहिरहने बताए ।

‘लोकतन्त्रको रक्षामा यी फैसला सहयोगी रहे कि असहयोगी ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? यसको समीक्षा भविष्यले गर्ने नै छ,’ उनले भने ।

फैसलाको पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेपनि फैसलाको भाषाले चिन्तित तुल्याएको उनले बताए । निर्वाचन लोकतन्त्रको प्राणवायु भएपनि जनतामा जाने कार्यलाई निरंकुश भन्ने प्रचारबाजी भएको गुनासो उनले गरे ।

salt training

कमेन्ट गर्नुहोस्