२९ जेठ २०८३, शुक्रबार

कानूनको सर्वोच्चता र विधिको शासनलाई अंगीकार गर्दै बाहिरियौं : नेम्वाङ

असार २९, २०७८
कानूनको सर्वोच्चता र विधिको शासनलाई अंगीकार गर्दै बाहिरियौं : नेम्वाङ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्वतमान मन्त्री वसन्त नेम्वाङलाई बिदाइ गरेको छ । 

मन्त्रालयमा आयोजित एक समारोहमा सचिव हरि बस्याल, उच्च पदस्थ कर्मचारी एवं विभाग, प्राधिकरण, समिति र संस्थानका पदाधिकारीले मन्त्री नेम्वाङलाई बिदाइ गरेका हुन् ।

कार्यक्रममा निर्वतमान मन्त्री नेम्वाङले संसदीय प्रणाली र दलीय व्यवस्थाभन्दा बाहिर गएर अदालतले फैसला गरे पनि कानूनको सर्वोच्चता र विधिको शासनलाई अंगीकार गर्दै बाध्यात्मकरूपमा सरकारबाट बाहिरिनुपरेको बताए ।

उनले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत अदालतको फैसला आएको भए पनि त्यसलाई स्वीकार गरेर आफूहरू सरकारबाट अलग भएको उल्लेख गरे ।

परमादेशभन्दा जनादेश नै ठूलो हुने भएकाले सबै विषयको निरूपण समेत जनताले नै गर्ने उनको भनाइ थियो । जनताले गर्ने फैसला नै सबैभन्दा ठूलो विषय हुने मन्त्री नेम्वाङको भनाइ थियो । 

अदालतको अनपेक्षित फैसलापछि आफूले सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले पुनः अदालतकै त्यस्तै फैसलापछि बाहिरिएको बताए । उनले जे जति दिन काम गर्न पाइयो, त्यसमा गौरवका साथ कार्यसम्पादन गरिएको स्पष्ट पारे ।

मन्त्रालयका सचिव बस्यालले मन्त्रालयले अत्यन्तै परिपक्व नेतृत्व र अभिभावक पाएको भन्दै छोटो समयमा पनि प्रभावकारी कार्यसम्पादन भएको बताए । परिस्थिति फेरिएकाले यसलाई सहजरूपमा लिएर आगामी दिनमा कार्यसम्पादन गर्ने उनको भनाइ थियो ।

सो अवसरमा मन्त्रालय मातहतका विभाग, प्राधिकरणको, संस्थान र समितिका पदाधिकारीको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्