२२ असार २०८३, सोमबार

देउवाको शपथ ग्रहणमा गएनन् ओली

देउवाको शपथ ग्रहणमा गएनन् ओली


एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।
उनी नजानुको कारण खुल्न सकेको छैन । सर्वोच्च अदालतले सोमबार ओलीको प्रतिनिधिसभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोहीअनुसार आज राष्ट्रपतिबाट नियुक्त भएका देउवाको शपथ हुँदा ओली अनुपस्थित भएका हुन् । सामान्यतया नवनियुक्त प्रमको शपथमा निवर्तमान सहभागी हुने प्रचलन रहेको छ । शपथमा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल भने सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्