११ साउन २०८३, सोमबार

देउवा प्रधानमन्त्री नियुक्त भएकामा खुसीयाली, कांग्रेस र माओवादीले गरे दीप प्रज्वलन

असार ३०, २०७८
देउवा प्रधानमन्त्री नियुक्त भएकामा खुसीयाली, कांग्रेस र माओवादीले गरे दीप प्रज्वलन

सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा मंगलबार साँझ बैतडीमा दीप प्रज्वलन गरिएको छ ।

खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।

नेपाल विद्यार्थी संघको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुशीयालीमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले बताए ।

सुदूरपश्चिमको चेलो देशकै प्रधानमन्त्री भएको खुसीयालीमा आफूहरुले दीप प्रज्वलन गरेको नेपाल तरुण दलका जिल्ला अध्यक्ष घनश्याम भट्टले जानकारी दिए । सर्वोच्चको फैसलाले लोकतन्त्रको विजय भएको माओवादी केन्द्रका दोगडाकेदार गाउँपालिका अध्यक्ष मानसिंह ऐरीले बताए ।

दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका तरुण दल, नेपाल विद्यार्थी संघका साथै नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएलका पदाधिकारीको समेत सहभागिता थियो । सर्वोच्च अदालतले सोमबार संसद् पुनःस्थापना गर्ने फैसला गरेको थियो भने प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रधानमन्त्रीमा देउवासहित अन्य ४ मन्त्रीले मंगलवार साँझ नै शपथग्रहण गरिसकेका छन् । देउवा पाँचौंपटक देशको प्रधानमन्त्री बनेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्