कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको लेदोसहितको भीषण बाढीले मेलम्ची बजारमा ठूलो क्षति भयो ।
बाढीले ल्याएको लेदोले मेलम्ची अधिकांश घर एक तलादेखि चार तलासम्म पुरेको छ । बाढीकै कारण १ सय ७६ घर प्रभावित भएका छन् । मेलम्चीमा रहेका अधिकांश व्यापार व्यवसाय सबै बाढीले पुरेको छन्, बगाएका छन् ।
गत असार १ गते आएको बाढीले क्षति पुर्याएको एक महिना बितिसक्दा बाढीबाट प्रभावित स्थानीयलाई कसरी पुनःस्थापना गर्ने भन्नेबारे अझै स्थानीय र संघीय सरकारबाट प्रयाप्त चासो देखिएको छैन ।
मेलम्ची बजारमा बालुवा र माटोले पुरिएको घरहरूबाट स्थानीयको सक्रियतामा माटो निकाल्ने काम भैरहेको छ ।
पीडित समुदायको सक्रियतामा मेलम्ची बजार पुनर्निर्माण तथा नदी तटबन्ध निर्माण गर्नका लागि सरोकार समिति नै बनाएर पीडित आफैँ मेलम्चीलाई पुरानो अवस्थामा फर्काउने लक्ष्यका साथ दिनरात लागिरहेका छन् ।
सरोकार समितिकै पहलमा मेलम्ची उठाउने पहल भैरहेको छ ।
मेलम्ची नगरपालिकाबाट प्रयाप्त स्रोत साधनको उपलब्धता नभएपछि ३१ दिनदेखि निरन्तर बगरमै खटिएर स्थानीय सागरकुमार श्रेष्ठले मेलम्ची बजार पुनर्निर्माण तथा सरोकार समिति बनाएर पुरानै अवस्थाको मेलम्ची बनाउन लागिपरेका छन् ।
सरोकार समिति र हाम्रो टिम मेलम्चीको सहकार्यमा स्थानीयले निरन्तर मेलम्ची बजारको अस्तित्व जोगाउन दिनरात बगरमै खटिरहेका छन् ।
सरोकार समितिको पहलमा देश तथा विदेशमा रहेका विभिन्न स्थानीयहरूले मेलम्ची पुनःस्थापनाका लागि आर्थिक सहयोग गरिरहेका छन् ।
सोही सहयोग रकमबाट स्काभेटरहरू, बुलडोजर, टिप्परको प्रयोग गरी मेलम्ची बजारमा बाढीले पुरेका घरहरूबाट बालुवाहरू निकाल्ने काम भैरहेको छ ।
अहिले दिनैपिच्छे मेलम्ची बजारमा बाढी विस्थापितहरू भेला हुन थालेका छन् । सरोकार समितिको सहयोगमा बजार पुर्नस्थापना लागि काम हुन थालेपछि स्थानीयको मुहारमा केही खुसी देखिन्छ ।
मेलम्ची बजार दिनहुँ छ वटा स्काभेटरको प्रयोगले पुरिएको बजारको बालुवा निकाल्ने काम भैरहेको छ । स्थानीय र केही सहयोगी निर्माण व्यवसायीदेखि जनप्रतिनिधिहरूले पनि मेलम्ची पुन:स्थापनाका लागि सहयोग गरिरहेका छन् ।
इन्द्रावती अविरल क्रसर उद्योगका अध्यक्ष उपेन्द्र श्रेष्ठ, जुगल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष, तथा विभिन्न निर्माण व्यवसायीहरूले स्काभेटर देखि ट्रकलगायतका उत्खनन् सामाग्री सहयोग गरेका हुन् ।
सरोकार समितिलाई हालसम्म १४ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध भएको छ । उक्त रकम मेलम्ची बाढी विस्थापित बासीको पुनःस्थापनाको लागि मेसिनरी औजारमा खर्च भैरहेको श्रेष्ठले जानकारी दिए ।
सहयोग आएको छ वटा स्काभेटर र ट्रकहरूलाई इन्धन खर्च साथै, अहिले एउटा स्काभेटर र डोजरलाई समितिकै पूर्ण खर्चमा सञ्चालन गरिरहेको समितिले जनाएको छ ।
बाढीबाट विस्थापितहरू घरमा थुप्रिएको बालुवा हटाएर आफ्नै घरमा बस्न चाहन्छन् । यसका पीडित परिवार आफैंको व्यक्तिगत खर्चमा सम्भव देखिँदैन ।
यसरी पुनःस्थापनाको लागि स्थानीय सरकारले चासो नदिएपछि पीडित समुदायलाई एक रुपैयाँ लागत पनि खर्च नगराउने गरी सरोकार समितिबाट काम भैरहेको छ ।
बाढीले पुरिएका विभिन्न सामाग्री, पशुपन्छीका कारणले अर्को महामारी फैलने खतरा बढेको र घर अगाडि थुप्रिएको ३० देखि ४० फिट बालुवाका थुप्रोका कारण स्थानीयमा मानसिक समस्या आउने देखिन थालेपछि तत्काल हटाउनुपर्ने भएर दिनरात लागिपरेको श्रेष्ठले बताए ।
करोडौंको लगानीमा बनेका महँगो होटेल, घर तथा विभिन्न व्यवसाय बगर बनेका छन् ।
भौतिक क्षतिको मूल्यांकन गरी त्यसको क्षतिपूर्तिका लागि स्थानीय सरकारको अग्रसरतामा संघीय सरकारले तत्काल पहलकदमी थाल्नुपर्ने भएपनि हालसम्म केही हुन सकेको छैन ।
बाढी पीडित मेलम्चीबासीले छिटो भन्दा छिटो पुनर्वासको व्यवस्था गर्नुपर्ने आवाज उठाइरहेका छन् । स्थानीय सरकारबाट तत्काल पुनर्वासको योजनाका लागि खासै केही पहलकदमी भएको देखिँदैन ।
प्रदेश र संघीय सरकारको आस्वासन मात्रै दिएको तर, केही पहल नगरेकाले मेलम्चीबासी आफैँ पुनःस्थापनाको लागि जुटेका हुन् ।
गत असारमा आएको बाढीले मेलम्ची र हेलम्बुमा ठूलो संख्यामा मानवीय र भौतिक क्षति भयो ।
बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, गणेश बगर, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत भयो ।
नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बगायो । बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा ध्वस्त भयो ।
सयौं घरपरिवार विस्थापित भए । अर्बौंको भौतिक क्षति भयो । हालसम्म पाँचजनाको शव फेला परेको छ भने २० जना अझै बेपत्ता छन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...