०३ असार २०८३, बुधबार

कोरोना निको हुनेभन्दा थपिने संक्रमित धेरै

साउन ४, २०७८
कोरोना निको हुनेभन्दा थपिने संक्रमित धेरै
प्रतिकात्मक तस्वीर

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमण निको हुनेभन्दा थपिने धेरै देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरण अनुसार थप २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएकोमा १ हजार २५८ संक्रमित मात्रै निको भएर घर फर्किएका छन् ।

हालसम्म ६ लाख ३३ हजार ३३२ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । 

नेपालमा कोरोना भाइरसबाट संक्रमितको कूल संख्या ७ लाख १८ हजार ४९४ पुगेको छ । थप ७ हजार ८३३ जनाको पीसीआर परीक्षण तथा ३ हजार ८३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

पीसीआर विधिबाट १ हजार ६४२ तथा एन्टिजेनबाट ८०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौं उपत्यकामा पछिल्लो समय ४७४ संक्रमित थपिएका छन् । काठमाडौंमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३२ संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्