×

NMB BANK
NIC ASIA

मधेश आन्दोलनका माग पूरा गर्ने प्रतिबद्धता गरेकाले देउवालाई विश्वासको मत : महन्थ ठाकुर

साउन ५, २०७८

NTC
Premier Steels

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले मधेश आन्दोलनका माग पूरा गर्ने प्रतिबद्धता जनाएका कारण विश्वासको मत दिएको बताएका छन् । 

Muktinath Bank

मधेश आन्दोलनका मुद्दाहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेकोले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको जसपाले विज्ञप्ति जारी गरेर बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठाकुरको अध्यक्षतामा साउन २ देखि ५ गते सम्म बसेको जसपाको कार्यकारिणी बैठकले गरेको ८ बुँदे निर्णय समेत विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । 


Advertisment
Nabil box
Kumari

संविधान संशोधन, नेता तथा कार्यकर्ताहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्याको समाधान, स्थानीय तहको जनसंख्याको अनुपातमा पुनर्संरचना, संविधानमा शिल्पी, खसको पहिचान कायम गर्ने लगायतका समस्याहरू समाधान गर्ने कुरामा प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएकोले  जसपाले विश्वासको मत दिएको कुरा विज्ञप्तिमा उल्लेख छ । 

Vianet communication

यसअघिको पूर्ववर्ती सरकारले मधेश आन्दोलनका माग मुद्दा समाधानका लागि गरिएको सकारात्मक पहल स्वरूप केही झुटा मुद्दाहरू फिर्ता, नगारिकतासम्बन्धी अध्यादेश जारी, संविधान संशोधन कार्यदल गठनलगायतका कार्य गरेकोमा निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई बैठकले धन्यवाद दिने समेत निर्णय गरेको छ । 

कोरोना महामारीबाट बच्न सबैलाई नि:शुल्क अनिवार्य खोपको व्यवस्था गर्न तथा गरीबी रेखामुनि रहेका नागरिकको लागि आर्थिक राहतको प्याकेज अविलम्ब घोषणा गर्न जसपाले माग गरेको छ । 

वर्षाका कारण पहिरो, डुबानमा परेका हजारौं विस्थापित परिवारहरूलाई राहत तथा क्षतिपूर्ति दिँदै घरवारविहीन बनेका परिवारजनको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । 

किसानलाई तत्काल बीउबिजन, मलखाद यथेष्ट मात्रामा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

यस्तै नेपाल-भारत सिमाना भई आवतजावत सहजताका लागि आवश्यक प्रवन्ध गर्न सरकारसँग माग गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x