१९ असार २०८३, शुक्रबार

एमाले बैठक पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित

साउन ५, २०७८
एमाले बैठक पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित

नेकपा एमालेको जारी केन्द्रीय कमिटीकोे बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वाेच्च अदालतको गत असार २८ को फैसलालगायत विषयमा छलफल शुरू भएको छ ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको थियो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी पार्टीको १०औं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियान लगायतका विषय कार्यसूची रहेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सोमवारको बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्