०३ असार २०८३, बुधबार

१७ करोडमा नै बन्यो ३३७ मिटर सुरूङ

साउन ६, २०७८
१७ करोडमा नै बन्यो ३३७ मिटर सुरूङ

दोलखाको विगु गाउँपालिका–१ स्थित काभ्रेभिर नजिकै कम लागतमा बनेको सुरुङमार्ग राजमार्ग सञ्चालनमा रहेको छ । २०७२ साल वैशाखको भूकम्पपछि बनेको यो सुरुङमार्ग चर्चामा नरहे पनि नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गमा रहेकाले महत्त्वपूर्ण मानिन्छ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेशमार्ग गोंगर–लामाबगरमा पर्ने काभ्रेभीर नजिकैको सडक भूकम्पले भत्किएपछि यो सुरुङमार्ग बनाइएको थियो ।
भूकम्पपछि सो क्षेत्रको करिब चार सय मिटर सडकको धेरैजसो भागमा जगसमेत नरहे गरी पहिरो गएको थियो । माथिल्लो तामाकोसी आयोजनाका प्राविधिक महाशाखा प्रमुख तथा उपप्रबन्धक इन्जिनियर बिमल गुरुङ सो स्थानमा सीधै तल रहेको तामाकोसी नदीसम्म करिब ३५० मिटर चट्टानी ठाडो भीर रहेकाले सडक निर्माण गर्न सम्भव नभएपछि सुरुमार्ग निर्माण गरिएको बताए।

तामाकोसी आयोजनाका मुख्य सिभिल ठेकेदार सिनो हाइड्रो कर्पोरेसनले २०७३ साल असारमा खन्न सुरु गरी सुरुङमार्ग मङ्सिरमा निर्माण सम्पन्न गरेको छ मिटर चौडाइ र छ मिटर उचाइको इन्भर्टेड–डी आकारको ३३७ मिटर लामो सुरुङमार्गको निर्माण लागत करिब १७ करोड रुपियाँ रहेको छ । नेपालमा हालसम्म सानाठूला आकारका करिब २७० किलोमिटर लामा सुरुङहरू निर्माण भइसकेका अनुमान छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्