२० असार २०८३, शनिबार

पार्किङ गरी राखिएको बसमा एकाएक आगलागी

कात्तिक २०, २०७४
पार्किङ गरी राखिएको बसमा एकाएक आगलागी

पर्सा, २६ जेठ - वीरगन्ज महानगरपालिकास्थित नगवा चोकमा एक महिनादेखि पार्किङ गरी राखिएको बसमा आज अपरान्ह आगजनी भएको छ ।fire

रामलखन ट्राभल्सद्वारा भैरहवा–वीरगन्ज रुटमा सञ्चालन हुने ना ४ ख ६८०४ नम्बरको यात्रुवाहक बसमा अपरान्ह आगजनी भएको हो ।

एक महिनाभन्दा बढी समयदेखि पार्किङ गरी राखिएको बसमा अपरान्ह एक्कासी आगो लागेपछि महानगरपालिकाको वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनले बसमा आगलागीको कारण हालसम्म पत्ता लाग्न नसकेको र सोवारे अनुसन्धान भइरहेको बताए । आगलागीका कारण बसको भित्री भाग पूर्णरुपमा क्षति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्