०८ असार २०८३, सोमबार

भारतबाट ल्याएको पाँच किलो चाँदीका गहनासहित एक जना पक्राउ

भारतबाट ल्याएको पाँच किलो चाँदीका गहनासहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याएको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । 

पर्सा प्रहरीले आज बिहान साढे ८ बजे वीरगञ्ज महानगरपालिका–१६ बाट सप्तरी राजविराज उपमहानगरपालिका–२, मेघराका ४३ वर्षीय अंगद साहलाई पक्राउ गरेको हो । साह चितवन खैरेनी नगरपालिका–२, श्रीया ज्वेलर्सका सञ्चालक हुन् । 

उनले बोकेको कालो झोलाभित्र चाँदीका गरगहना पाँच किलो ३३४ ग्राम फेला परेको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्