०३ असार २०८३, बुधबार

‘जलेबी’ खान नदिएको पु्लिस पतिको गुनासोपछि पत्नीले फर्काएको जवाफ ट्विटरमा भाइरल !

साउन ६, २०७८
‘जलेबी’ खान नदिएको पु्लिस पतिको गुनासोपछि पत्नीले फर्काएको जवाफ ट्विटरमा भाइरल !

पतिपत्नीबीच हुने वादविवाद र कुराकानीलाई अधिकांशले लुकाउने गर्छन् । झन् सरकारी पदाधिकारी र जागिरमा रहेकाहरूका घरभित्रका कुरा थाहै हुँदैनन् ।

तर भारतको तमिलनाडुका आईपीएस अधिकारी डा. सन्दीप मित्तलले ट्विटरमा पत्नीले ‘जलेबी’ खान नदिने गरेको गुनासो पोखे ।

उनले ट्विटरमा लेखे, ‘बच्चामै २५ पैसाको एउटा ठूलो जलेबी आउँथ्यो । सोच्थ्यौं – ठूलो भएपछि कमाउँला र दिनदिनै ३–४ जलेबी खाउँला । अब कमाउन थालें त पत्नीले जलेबी खान दिँदैनन् ।’

डा. मित्तलको ट्वीट नै कतिपयलाई रोचक लाग्यो । तर पत्नीप्रति लक्षित गुनासोमा उनकी पत्नीले दिएको जवाफ झनै रोचक छ ।

पतिको गुनासोमा पत्नी डा. रिचा मित्तलले जवाफ फर्काइन्, ‘आज तपाईं घर त आउनुस्  ...।’ पत्नी रिचाले फर्काएको जवाफको सामाजिक सञ्जालमा अनेक अर्थ लगाइँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्