२८ जेठ २०८३, बिहीबार

१८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप

साउन ६, २०७८
१८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । 

खोप अभियानमा काठमाडौं जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।

अहिले खोप लगाउनका लागि काठमाडौं जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उनले खोप बिहीवारसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताए । उनले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरूले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ४ गते खोप अभियानको शुभारम्भ गरेका थिए । बिहीवारसम्म लगाइने खोप शुरूमा ५०–५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । 

अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो ।

जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ ।

नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्