२२ असार २०८३, सोमबार

पाकिस्तानमा चिनियाँ इन्जिनीयरहरूलाई जोखिम, एके–४७ सहित काममा खटिँदै

साउन ७, २०७८
पाकिस्तानमा चिनियाँ इन्जिनीयरहरूलाई जोखिम, एके–४७ सहित काममा खटिँदै

पाकिस्तानमा चीन–पाकिस्तान आर्थिक कोरिडोरको साइटमा खिचिएका तस्वीरहरूले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेका छन् । 

चिनियाँ कामदार तथा इन्जिनीयरहरूले आफ्नो साधनका साथै एके–४७ राइफल पनि बोकेको तस्वीर सार्वजनिक गरिएको हो । 

केही दिनअघि पाकिस्तानमा चिनियाँ कामदारहरू बोकेको एक बसमा आतंकवादी आक्रमण गरिएपछि त्यहाँ कार्यरत चिनियाँ नागरिकमा भयको वातावरण छ । 

त्यसो त चिनियाँ कामदारहरूले काम गर्ने ठाउँमा सुरक्षाको व्यवस्था गरिएको हुन्छ । तर त्यति हुँदाहुँदै पनि बेग्लाबेग्लै ठाउँमा चिनियाँ नागरिकहरूमाथि आक्रमण हुने गरेका छन् ।

चीनले करोडौं रुपैयाँ खर्च गरेर स्पेसल सेक्युरिटी डिभिजन बनाएको थियो । पाकिस्तानमा चिनियाँ नागरिकलाई सुरक्षित राख्ने त्यसको काम हो । पाकिस्तानलाई पनि चीनले कामदारहरूको सुरक्षा गर्न भनेको छ । तैपनि आक्रमण भइरहेका छन् ।

चिनियाँ इन्जिनीयरहरूले उपयोग गर्ने हतियार हक्कानी नेटवर्कले उपलब्ध गराएको बताइँदैछ । चिनियाँ कामदारले अन्य देशका नागरिकमाथि कठोर व्यवहार गर्ने गरेको सबैलाई थाहा छ । यस्तोमा अहिले चिनियाँ कामदारले हतियार बोकेर हिँड्दा स्थानीय पनि त्रसित छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्