०८ असार २०८३, सोमबार

भारतीय क्रिकेटर सुरेश रैनाले ‘म बाहुन हुँ’ भन्दा मच्चियो हंगामा

साउन ७, २०७८
भारतीय क्रिकेटर सुरेश रैनाले ‘म बाहुन हुँ’ भन्दा मच्चियो हंगामा

भारतका क्रिकेटर सुरेश रैनाले आफू ब्राह्मण भएकाले चेन्नईको संस्कृतिलाई अँगाल्ने बताएपछि सामाजिक सञ्जालमा उनको दोहोलो काढिएको छ । 

उत्तर प्रदेशका रैनाले तमिलनाडु प्रिमियर लीगको पाँचौं सीजनमा कमेन्ट्री दिने क्रममा उक्त भनाइ राखेका थिए । 

लाइका कोभाइ किंग्स र सालेम स्पार्टन्सबीच सोमवार भएको खेलमा एक कमेन्टेटरले रैनालाई दक्षिण भारतीय संस्कृति कसरी अपनाइरहनुभएको छ भनी सोधे । 

त्यसमा रैनाले उत्तर दिए, ‘म पनि ब्राह्मण हुँ । सन् २००४ देखि चेन्नईका लागि खेलिरहेको छु । म यहाँको संस्कृति मन पराउँछु । म मेरा साथी खेलाडीहरूलाई मन पराउँछु । चेन्नई सुपर किंग्सको खेलाडी हुनुमा मलाई गर्व छ । यहाँ थप खेल खेल्न पाउने अपेक्षा मैले राखेको छु ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ रैनालाई ब्राह्मण शब्द किन प्रयोग गरेको भन्दै आलोचना गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्