२५ असार २०८३, बिहीबार

माग पूरा नभए निर्वाचनमा राजपा नजाने : एमाले, काँग्रेस र राप्रपा परित्याग गरी ३०० जना राजपा प्रवेश

कात्तिक २०, २०७४
माग पूरा नभए निर्वाचनमा राजपा नजाने : एमाले, काँग्रेस र राप्रपा  परित्याग गरी  ३००  जना राजपा प्रवेश


सप्तरी, २६ जेठ - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस र मधेसीको माग पूरा नभएसम्म कुनै हालतमा स्थानीय तहलगायत अन्य निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ ।Rajapa ,,

राष्ट्रिय जनता पार्टीद्वारा आज राजविराजको गजेन्द्र चोकमा आयोजित बृहत् विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले विगतका सरकारले मधेसवादी दलहरुसँग गरेको सम्झोता थाती राखेर कुनै पनि हालतमा निर्वाचनमा जान नसक्ने अडान दो¥याउनुभएको छ ।

मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन मधेसवादी नेताले त्यो त्याग र बलिदान बिर्सन नहुने स्मरण गराउँदै आफ्ना सयौँ कार्यकर्तामाथि लागेको झुठा मुद्दा फिर्तासहित परिवारलाई क्षतिपूर्ति र मधेस विरोधी संविधान संशोधन नभएसम्म निर्वाचनमा नजानेतर्फ सचेत रहन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

सोही पार्टीका अर्का अध्यक्ष राजकिशोर यादवले सरकारले बल प्रयोग गरेर तराईमा स्थानीय तह निर्वाचन गराएमा ठूलो दुर्घटना हुनसक्ने चेतावनी दिनुभयो ।

सोही पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमारसिंह यादवले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) पार्टीमा रहेका मधेसी नेता मधेसको अधिकारका लागि एकै ठाउँमा आउनुपर्ने आग्रह गर्नुभयो ।

सोही पार्टीका महासचिव मनिषकुमार सुमनले मधेसीलाई अधिकार नदिए देश द्वन्द्वमा फस्ने चेतवनी दिनुभयो । कार्यक्रम सो पार्टीका जिल्ला संयोजक सुनिलकुमार झाको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रममा एमाले, काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट परित्याग गरी सो पार्टीमा प्रवेश गर्ने ३०० कार्यकर्तालाई अध्यक्ष महतोले फूलमाला लगाएर स्वागत गर्नुभएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्