
नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ।
एमाले संस्थापनले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेपनि कारबाही थाती राखेर एकतामा लाग्ने निर्णय गरेसँगै दुई नेताबीच वार्ताको तयारी भएको हो ।
एमालेका दोस्रो तहका नेताहरुको निरन्तरको प्रयासपछि दुई नेता वार्ताका लागि राजी भएको र सकेसम्म आजै छलफल गराउने गरी तारतम्य मिलाइएको छ ।
एमाले नेता सुवास नेम्वाङले दुई नेता भेट्न सहमत भएको भन्दै जुनसुकै बेला वार्ता हुन सक्ने बताए ।
एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा आममाफी दिन सकिने निर्णय गरेको थियो ।