२६ असार २०८३, शुक्रबार

देउवाको प्रतिबद्धता- ऋण, सापट लिएर वा जति महँगोमा किनेर भए पनि सबैलाई खोप लगाउँछौं

देउवाको प्रतिबद्धता- ऋण, सापट लिएर वा जति महँगोमा किनेर भए पनि सबैलाई खोप लगाउँछौं

प्रधानमन्त्री शेरबहादुर देउवाले जति महँगो परे पनि किनेर सबै नेपाली जनतालाई कोरोनाविरुद्धको खोप लगाउने बताएका छन् । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा देउवाले सापट लिएर भए पनि खोप लगाउने प्रतिबद्धता जनाएका हुन् । 

‘खोप हाम्रो प्राथमिकता हो, हामी ऋण लगाएर, सापट लिएर भए पनि जहाँ–जहाँबाट पाइन्छ जति महँगो भए पनि किनेर भए पनि नेपाली जनतालाई खोप लगाउने प्रतिबद्धता गरेका छौँ, अवश्य पनि पुर्याउने विश्वास दिलाउन चाहन्छु,’ देउवाले भने । 

साउन ३ गते प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा पनि देउवाले सरकारको प्राथमिकता खोप भएको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्