सेनाका हवल्दारको हत्या सेनाकै जवानले गरेको खुलासा

भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ ।


Advertisement

पक्राउ पर्नेमा  भरतपुर–२१ का २६ वर्षीय गंगाधर ढकाल  छन् । धादिङ निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय  गुरुङ र ढकाल  दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत  थिए  । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहीवार बिहान  झोलामा रहेको हतियार निकालेर मोटरसाइकल पछाडि बसिरहेका अवस्थामा हत्या गरेको जानकारी दिइयो  ।


Advertisement

प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले  ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर सात–आठ मिटरको दूरीमा रहेका कुलोमा फालेर फरार भएको जानकारी दिए ।  

अभियुक्त ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरिएको उनले बताए । उनले ढकाललाई मुलुकी अपराधसंहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसुर अन्तर्गत जन्मकैदको माग दावी गर्दै मुद्दा दर्ता गरिने बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्