२१ जेठ २०८३, बिहीबार

दिइने भयो कम्पनी नवीकरणमा जरिवाना छुट

साउन ११, २०७८
दिइने भयो कम्पनी नवीकरणमा जरिवाना छुट

बजेटमा व्यवस्था भए पनि कार्यान्वयनमा आउन नसकेको कम्पनी नवीकरणमा जरिवाना छुटसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने भएको छ । निजी क्षेत्रको पहलमा बजेटमा भएको यो व्यवस्था कार्यान्वयनमा आउन लागेको हो ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा तोकिएको समयमा नवीकरण गर्ने कम्पनी तथा फर्मलाई ९० प्रतिशत जरिवाना छुट दिने घोषणा गरिएको छ । बजेटमा गरिएको व्यवस्थाअनुसार कुल जरिवानाको १० प्रतिशत रकम बुझाएर कम्पनीहरू नवीकरण हुन सक्नेछन् ।
पुराना कम्पनी नवीकरणमा जरिवाना छुटसम्बन्धी व्यवस्था गरिए पनि कार्यान्वयनमा आउन नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला निजी क्षेत्रको पहलमा यो व्यवस्था कार्यान्वयनमा ल्याउन सरकार सकारात्मक बनेको हो । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्