२८ जेठ २०८३, बिहीबार

अफगानिस्तानको गजनीमा तालिबानले मारे ४३ जनालाई

साउन ११, २०७८
अफगानिस्तानको गजनीमा तालिबानले मारे ४३ जनालाई

अफगानिस्तानको मध्यमा रहेको गजनी प्रान्तमा तालिबानले ४३ जना सर्वसाधारण र सुरक्षाफौजका सदस्यको हत्या गरेको त्यहाँका स्थानीयहरूले बताएका छन् । 

उक्त सामूहिक हत्या जुलाईको शुरूतिर गरिएको बताइएको छ । 

‘तालिबान लडाकूहरू मालिस्तान जिल्लामा प्रवेश गरेर युद्धअपराध गरे अनि लडाइँमा सहभागी नरहेका नागरिकलाई पनि मारे,’ गजनीका नागरिक समाज अभियन्ता मिना नादेरीले बताइन् । 

‘उनीहरूले मानिसलाई घरमा आक्रमण गरे अनि सम्पत्ति पनि लुटपाट गरे । आवासीय भवनहरूमा पनि उनीहरूले आगजनी गरे । मालिस्तान जिल्लामा उनीहरू पसल तोडफोड तथा लुटपाट गरे,’ नादेरीले मालिस्तानका निवासीहरूको संयुक्त वक्तव्य पढेर सुनाइन् । 

तालिबानले मालिस्तानका निवासीहरूको दाबीको खण्डन गरेको छ । 

टोलो न्युजका अनुसार, हाजी नादिरले आफ्ना छोराहरू रमजान अली र इशक अलीलाई तालिबानले १० दिनअघि हत्या गरेको र उनीहरू सरकारी कर्मचारी वा सुरक्षाफौजको सदस्य नरहेको बताए । उक्त क्षेत्रमा लडाइँ चर्किएपछि आफूहरू मालिस्तान छोडेर जान कोशिश गरेको नादिरले बताए । 

तालिबानले हत्या गरेका पुरुषका पत्नीहरूले पतिहरूलाई सन्तानका अगाडि आँखामा पट्टि लगाइदिएको अनि उक्त क्षेत्रमा रहेको मस्जिद नजिक लगेर गोली हानेको बताए । 

मालिस्तानमा भएको लडाइँपछि विस्थापित भएकाहरूका अनुसार, तालिबानले मानिसहरूबाट खानेकुरा संकलन गरेको र महिलाहरूलाई इस्लामिक अमिरातको नियमअनुसार व्यवहार गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्