
जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य महिन्द्र राय यादवले आइतवार कार्यकारिणी सदस्यहरूलाई प्रशिक्षण कार्यक्रमका लागि मात्र रिसोर्टमा राखिएको दाबी गरेका छन् ।
निर्वाचन आयोग परिसरमा लोकान्तरसँग कुरा गर्दै नेता यादवले पार्टी सरकारमा सहभागी हुन लागेको अवस्थामा कार्यकारिणी सदस्यलाई प्रशिक्षणका लागि रिसोर्टमा राखिएको बताएका हुन् ।
निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि जसपाको उपेन्द्र यादव पक्षका ३२ जना कार्यकारिणी सदस्यलाई गोदावरी रिसोर्टमा राखिएको थियो । रिसोर्टबाट उनीहरू निर्वाचन आयोग पुगेका थिए । यसअघि जेठ ६ गते जसपाको महन्थ ठाकुर पक्षका सांसदलाई यसैगरी रिसोर्टमा राखिएको थियो ।
नेता यादवले जसपाको संस्थापन पक्ष आफूहरू रहेको र महन्थ ठाकुरहरूले गल्ती स्वीकार गरेर आएमा सहकार्य गर्न सकिने बताए । ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये बहुमत सदस्य उपेन्द्र यादवको पक्षमा उभिएका छन् ।