
जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरीले शुरूमा महन्थ ठाकुरसँग भेटेका छन् ।
निर्वाचन आयोग पुग्नेबित्तिकै चौधरीले आफूले पहिला नेताहरूसँग भेटेर प्रतिक्रिया दिने बताएका थिए ।
‘हाम्रो पार्टीको आपसी वैमनस्यताका कारण म यहाँ आउने अवस्था बन्यो । पहिला नेताहरूसँग सरसल्लाह गरेर प्रतिक्रिया दिन्छु,’ चौधरीले भने ।
त्यसपछि नेतृ हिसिला यमीले तपाईंको नेता को हो भनेर प्रश्न सोधेकी थिइन् ।
पटक–पटक प्रश्न गरेपछि उनले आफूले पहिला महन्थ ठाकुर र त्यसपछि उपेन्द्र यादवलाई भेट्ने बताए ।
‘शुरूमा महन्थ ठाकुरसँग भेट्छु, त्यसपछि उपेन्द्र यादवसँग भेट्छु,’ चौधरीले भने ।
महन्थलाई पहिला भेट्ने भनेपनि सुरक्षाकर्मीले उनलाई उपेन्द्रतर्फ लगेका थिए ।
तर, रेशम चौधरीकी पत्नीले उनलाई पहिला महन्थतर्फ लैजानुपर्ने बताएपछि उपेन्द्रलाई नभेटी महन्थतर्फ लगिएको थियो ।
अहिले उनले महन्थसँग भेटिरहेका छन् ।