३० असार २०८३, मंगलबार

तानातानमा रेशम चौधरी, हिसिलाले सोधिन्- तपाईंको नेता को हो ?

तानातानमा रेशम चौधरी, हिसिलाले सोधिन्- तपाईंको नेता को हो ?

जसपा विवादको निरुपणका लागि निर्वाचन आयोगमा सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी दुवै पक्षको तानातानमा परेका छन् । 

डिल्लीबजार कारागारबाट निर्वाचन आयोगमा पुग्ने बेलामा जसपाको दुवै पक्षका नेताहरू रेशम चौधरीको स्वागतका लागि तानातान गरेका थिए । 

बिहान ११ बजे आयोगको कार्यकक्षमा पसेका नेता राजेन्द्र महतो समेत रेशम चौधरी आयोगमा आउने बेलामा बाहिर निस्केका थिए । 

रेशमको स्वागतका लागि सबभन्दा अगाडि हिसिला यमी थिइन् । उनले तपाईंको नेता को भनेर पटक–पटक सोधेकी थिइन् । चौधरीले शुरूमा महन्थलाई भेटेर उपेन्द्रलाई भेट्ने बताए । 

२०७२ सालमा कैलालीको टीकापुरमा भएको घटनामा संलग्नताको आरोपमा प्रतिनिधि सभाका सांसद चौधरी कारागारमा छन् । 

चौधरीले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरे पनि जसपामा उपेन्द्र यादव बहुमतमा देखिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्