२९ जेठ २०८३, शुक्रबार

डेढ अर्बको लागतमा कागज उद्योग स्थापना हुँदै : दैनिक ७५ टन उत्पादन हुने

डेढ अर्बको लागतमा कागज उद्योग स्थापना हुँदै : दैनिक ७५ टन उत्पादन हुने

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा एक अर्ब ५० करोड रुपैयाँको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्यास भएको छ ।

आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गरेका हुन् । 

सो उद्योगमा अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतको लगानी रहेको छ ।

उनीहरूले आज संयुक्त रुपमा उद्योग स्थापनाको शिलान्यास गरेका हुन् ।

आइएमई समूहद्वारा प्रवर्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ ।

 उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ ।

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने बताइएको छ । 

उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्