×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छ महिना पर स-यो

साउन १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि छ महिना पछि सरेको छ । सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेकामा कोभिड–१९ का कारण विश्वव्यापी बन्दाबन्दीले अवधि छ महिनापछि सरेको हो ।

Muktinath Bank

करिब २२ अर्ब रुपियाँको लागतमा २०७८ असार २६ भित्र सम्पन्न गर्नेगरी २०७४ असारदेखि निर्माण सुरु गरेको चाइना सीएएमसी इन्जिनियरिङले कोरोनाका कारण सामग्री आयातमा समस्या भएकाले समयमा निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । विमानस्थलको निर्माणको काममा निर्माण कम्पनीले तीव्रता दिएकै कारण छ महिनाअगावै सम्पन्न गर्ने लक्ष्य लिइएकोमा कोभिड–१९ का कारण समय अवधिभन्दा छ महिना पछि धकेलिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्षको छ महिने बन्दाबन्दी र यस वर्षको तीन महिने बन्दाबन्दीका बीचमा पनि विमानस्थलमा नियमित काम भइरहेकाले अबको छ महिनाभित्र निर्माण सम्पन्न गरी २०७८ सालभित्रै परीक्षण उडान गर्ने तयारी भइरहेको मुनकर्मीले बताए ।


Advertisment
Nabil box
Kumari

तीन सयभन्दा बढी कामदारले निरन्तर काम गरिरहेको विमानस्थलका लागि आवश्यक उपकरण तथा सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माण सम्पन्न गर्ने समय थपिएको हो ।

Vianet communication
Laxmi Bank

सम्झौताअनुसार असार २६ गते निर्माण सम्पन्न हुनुपर्नेमा यस अवधिमा ८१ प्रतिशत भौतिक र ६८ प्रतिशत आर्थिक प्रगति भएको छ । भौतिक रूपमा बाँकी १९ प्रतिशतमध्ये ९ प्रतिशत सिभिल निर्माणको काम र १० प्रतिशत उपकरण जडानका काम रहेका छन् । विमानस्थलमा प्रयोग हुने उपकरण केही आइसकेको र केही आउन बाँकी छन् । उपकरणसँगै जडानका लागि विभिन्न मुलुकबाट जनशक्तिसमेत आउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान नहुँदा जनशक्ति आउन नसकेको आयोजनाले जनाएको छ ।

विमानस्थलमा प्रयोग हुने उपकरण चीन, अमेरिका, नर्वे, अस्ट्रेलियालगायतका मुलुकबाट आउँछन् । अहिले विमानस्थलको सजावट, टायल लगाउने, रङ लगाउने, इनोभेटर, स्काभेटरको काम भइरहेको छ । “अहिले पनि ३२० जना चिनियाँ तथा नेपाली कामदारले मौज्दातमा रहेका निर्माण सामग्रीसहित नियमित काम गरिरहेका छन् । हामीलाई अहिले मुख्य समस्या परेको सामग्री तथा जनशक्ति आयातले पारेको छ । अब अन्तर्राष्ट्रिय उडान नियमित हुँदा साथ सहज हुन्छ,” मुनकर्मीले बताए ।

२२ अर्ब रुपियाँ चिनियाँ ऋण सहयोगमा निर्माण हुन लागेको विमानस्थलको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे, अन्तर्राष्ट्रिय उडान र आन्तरिक उडानका लागि टर्मिनल भवन, रनवे, ट्याक्सीवे, एप्रोन, इमिग्रेसन क्यानल, माटो काट्ने, फिलिङ गर्ने, दायाँबायाँ मैदान बनाउने, विभिन्न भवन निर्माण भइसकेका छन् ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण हुन लागेको विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० वा सोसरहका विमानले उडान गर्नसक्ने छन् । निर्माण खटिएका कामदार विमानस्थलमै सुरक्षित राखेर निरन्तर काममा खटिइरहेका छन् । विभिन्न देशमा रोकिएका निर्माण सामग्री र जनशक्ति सहज रूपमा आउने अवस्थाका लागि प्रयास भइरहेको मुनकर्मीले बताए ।

अहिले विमानस्थलका लागि आवश्यक विभिन्न सामग्री केही बन्दरगाहमा आएर रोकिएका छन् । जनशक्ति विभिन्न मुलुकमा छन्, विमानस्थल सञ्चालन हुनासाथ निर्माणको कामलाई अन्तिम चरणमा पु-याउँछौँ,मुनकर्मीले भने। गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x