
मंगलवार मुलुकका विभिन्न नदीहरूमा बहाव उच्च रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका नदीहरूमा बहाव उच्च रहने छ ।
यस्तै सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, बुढीगण्डकी लगायतका नदीहरूमा पनि वहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।