×

NMB BANK
NIC ASIA

व्यावसायिक रूपमा ट्राउट माछापालन शुरू

साउन १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यवसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

सुदूरपश्चिम प्रदेश सरकारको रु १० लाख लगानीमा तीनवटा रेसवे (माछापालन) पोखरी निर्माण गरी ट्राउट माछापालन शुरु गरिएको हो । सायल–३ का हरिपाल खाती, वडा नं ४ रौवाका तेजबहादुर सिंह र वडा नं ५ का शेरबहादुर रोकायाले आधुनिक माछापालन पोखरी निर्माण गरी व्यवसाय शुरु गरेको स्थानीयवासी तेजबहादुर डुम्रेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँका अनुसार गण्डकी प्रदेशको पोखराबाट रेन्बो ट्राउटका कम्तीमा पनि एक हजार ५०० भुरा ल्याएर पोखरीमा हाली माछापालन शुरु गरिएको छ । कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण ट्राउट माछाका भुरा ल्याउन केही समय ढिलाइ भए पनि अहिले निषेधाज्ञा खुकुलो भएसँगै पोखराबाट माछाका भुरा ल्याई पोखरीमा राखिएको माछापालक किसान खातीले बताए । उनले भने, “निषेधाज्ञाले माछाका भुरा ल्याउन सकिएको थिएन, अहिले खुकुलो भएपछि ल्याएका छौँ ।”


Advertisment
Nabil box
Kumari

जिल्ला भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीको टोलीले गरेको प्रारम्भिक अध्ययनले सो ठाउँ ट्राउट माछापालन र भुरा उत्पादनका निम्ति उपयुक्त रहेको निष्कर्ष निकालेपछि पहिलोपटक व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको गाउँपालिका उपाध्यक्ष विष्णा सिंहले जानकारी दिए । उनका अनुसार स्थानीय युवाको अगुवाइमा व्यावसयिकरूपमा माछापालन गर्नका लागि विसं २०७२ देखि सायल क्षेत्रमा ट्राउट माछापालनको सम्भाव्यता अध्ययन गरिएको थियो । ट्राउट माछापालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष थप रु छ लाख रकम विनियोजन गरेको बताइएको छ ।

Vianet communication
Laxmi Bank

चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने ट्राउटलाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाका रूपमा लिइन्छ । चिसोपानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुने प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले जानकारी दिए । उहाँका अनुसार ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ तर यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिगे्रड तापक्रम उपयुक्त मानिन्छ । 

नेपालमा रेन्बो ट्राउट पालन सन् १९८९ बाट शुरु भएको बताइएको छ । त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहारस्वरुप नेपाल पठाएको थियो । नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो । परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ मा पहिलोपटक गरिएको थियो । यसैगरी यसअघि जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पनि उक्त माछापालन शुरु गरिएको थियो । स्थानीय युवा लीलाधर विष्टले रेन्बो ट्राउट माछापालन शुरु गरेका हुन् । उक्त माछाको बजार मूल्य प्रतिकिलो रु एक हजार ७०० पर्ने गरेको उनले जानकारी दिए । 

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार रेन्बो ट्राउट माछालाई दाना प्रायः हातैले दिइने गरिन्छ । दाना खाए÷नखाएको हेरेर दाना दिनु पर्दछ । दाना दिँदा माछा राखेको ट्याङ्कीको चारैतिर बराबर छरेर दिनु पर्दछ, जसले गर्दा सबै माछाले दाना खान पाउँछन् र सबैको एकनासले वृत्तिविकास हुन्छ । भुरा तथा हुर्काउला माछाको वृद्धि जाँच हरेक १५ दिनमा गर्नुपर्ने प्रावधान रहेको छ । माछा बढेको अनुपातमा दाना पनि बढाएर दिनु पर्दछ । माछाको मुखको साइजलाई दृष्टिगत गरी मिल्दो साइजको दाना खुवाउनुपर्ने माछा प्राविधिकको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x