२५ असार २०८३, बिहीबार

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, सरकारमा जाने विषयमा छलफल हुने

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, सरकारमा जाने विषयमा छलफल हुने
फाइल तस्वीर।

जनता समाजवादी पार्टी (जसपा)ले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यकारिणी सदस्य तथा सांसद रेणु यादवले जानकारी दिइन् ।

सोमवार उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै आज कार्यकारिणी समितिको बैठक बोलाइएको हो । 

सरकारमा सहभागी हुने, संसदीय दलको नेता चयन गर्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सांसद यादवले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्