
नेपाली कांग्रेसका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता वितरण गरिएको छ ।
चार लाख ९ हजार ३ जनाको नवीकरण र चार लाख ४३ हजार ६७८ जनालाई नयाँ सदस्यता वितरण गरिएको प्रतिवेदन क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको हो ।
आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सो प्रतिवेदन बुझाइएको हो ।
प्रतिवेदन १३ पृष्ठको छ ।