०८ असार २०८३, सोमबार

खानेपानी उपभोक्ताका लागि विद्युत् महसुलमा अनुदान

साउन १२, २०७८
खानेपानी उपभोक्ताका लागि विद्युत् महसुलमा अनुदान
प्रतिकात्मक तस्वीर

स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकाभित्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताका लागि अनुदान वितरण गरेको छ ।

खानेपानीको विद्युत् महसुल तिर्दै आएका उपभोक्ताका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो । 

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताको सहयोगका लागि गाउँपालिकाले वर्षभरिको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने जानकारी दिए ।

उनले भने, ‘हामी गाउँपालिकाबाट उपभोक्ताहरूलाई सहयोग पुगोस् भनेर उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएका छौं ।’

प्रविधिको प्रयोग गरेर खानेपानीको उपभोग गर्दा बढी खर्चिलो हुने जनाइएको छ । उपभोक्ताले बढी शुल्क तिर्नुपर्ने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर गाउँपालिकाले उपभोक्ता समितिमार्फत अनुदान दिने निर्णय गरेको अध्यक्ष सुवेदीले बताए ।

७ वटा उपभोक्ता समितिलाई ३ लाख रुपैयाँ उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्