
राष्ट्रिय सभामा ‘तथ्यांक विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ ।
विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् ।
यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी पत्रको व्यहोरा राष्ट्रियसभा समक्ष पढेर सुनाएका थिए ।
राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्व सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पूर्व सांसद तामाङको निधनप्रति राखेको शोक प्रस्ताव सदनले सर्वसम्मतिले पारित गरेको हो ।
संयुक्त जनमोर्चा नेपालबाट विक्रम संवत् २०४८ सालमा सिरहाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वसांसद तामाङको ७५ वर्षको उमेरमा गत जेठ २० गते झापास्थित आम्दा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
राष्ट्रिय सभाको अर्काे बैठक साउन १३ गते बुधवार दिनको १ बजे बस्नेछ ।